• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9812901337
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

Logo
  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • बौद्धिक स्तर
  • अंग्रेजी
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • बिसयगत
    • शाखा अधिकृत
    • नायब सुब्बा
  • बिचार
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

२.८ आर्थिक कुटनीति

  • गृह पृष्ठ
  • बिसयगत
  • २.८ आर्थिक कुटनीति

२.८ आर्थिक कुटनीति

  • कुनै पनि देशले आफ्नो अर्थतन्त्रको संरक्षण, विकास, प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा लागु गर्ने कुटनितिक अभ्यास नै आर्थिक कुटनिति हो ।
  • आर्थिक कुटनीति राष्ट्रिय आर्थिक अभिवृद्धिको लागि कुटनीतिक संयन्त्रको परिचालन गर्ने कार्य हो ।
  • मुलुकको आर्थिक हित अभिवृद्धिमा केन्द्रित कुटनितिक व्यवस्थापन नै आर्थिक कुटनिती हो ।
  • यो कुटनितिक व्यवस्थापनको आर्थिक आयाम हो ।
  • यो कुटनितिक व्यवस्थापन सम्वन्धमा नविन अवधारणा हो ।
  • हाल विश्वको सवैजसो मुलुकको कुटनितिक व्यवस्थापनको मुल प्रवाहिकरणको विन्दु नै आर्थिक कुटनिति हो ।
  • यो संविधान, आर्थिक कानुन एवं नितिबाट निर्देशित हुन्छ ।
  • यो संघीय सरकारको जिम्मेवारी हो ।

आर्थिक कुटनितीका मुलभुत आयाम तथा क्षेत्रहरु

  • अन्तर्राष्ट्रिय सम्वन्ध,
  • वैदेशिक सहायता,
  • वैदेशिक व्यापार विस्तार,
  • वैदेशिक लगानी प्रवर्द्धन,
  • वैदेशिक रोजगारी,
  • अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन,
  • प्रविधि हस्तान्तरण,
  • विश्वव्यापिकरण तथा अन्य सम्वद्ध विषयहरु

नेपालमा आर्थिक कुटनीति

नेपालले विश्व अर्थव्यवस्थाबाट लाभ लिनको लागि आर्थिक कुटनीतिलाइ अवलम्वन गरेको छ । विश्वव्यापिकरणको वर्तमान युगमा नेपाल संसारबाट भिन्न भएर वस्न सक्ने अवस्था छैन । त्यसैले अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग र साझेदारीबाट नेपालले आर्थिक विकास गर्नुपर्छ । नेपालमा आर्थिक कुटनीतिको क्षेत्रमा केही प्रयासहरु भएका छन् जसलाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

  • नेपालको संविधान,२०७२ को धारा ५० को उपधारा ४ मा वैदेशिक पुँजी तथा प्रविधि परिचालन गर्ने, गैर आवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाइ आर्थिक विकासमा उपयोग गर्ने नीति लिइएको छ ।
  • विदेशी लगानी नीति, २०७१ र विकास सहायता नीति, २०७६ तर्जुमा गरी कार्यान्वयन गरिएको छ ।
  • गैरआवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाइ परिचालनको लागि गैरआवासीय नेपाली ऐन, २०६४ ल्याइएको छ ।
  • २०५२ सालमा आर्थिक नीतिको बारेमा सुझाव दिन गठन गरिएको कार्यदलले आर्थिक कुटनीतिको प्रव्रद्धन गर्न कुटनीतिक नियोगलाइ क्रियाशिल बनाउने लगायतका सुझावहरु दिएको थियो । उक्त्त कार्यदलको सुझाव अनुसार केही कामहरु भएका थिए ।
  • नेपालले विभिन्न देशसँग द्धिपक्षीय कुटनीतिक सम्वन्ध कायम गरेको छ ।
  • परराष्ट्रमन्त्रीको अध्यक्षतामा आर्थिक कुटनीति कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको छ ।
  • परराष्ट्र मन्त्रालयमा आर्थिक कुटनीति महाशाखाको व्यवस्था गरिएको छ ।
  • महावाणिज्य दुत, श्रम सहचारीहरुले आर्थिक कुटनीतिको काम गरिरहेका छन् ।
  • नेपालले अन्तर्राष्ट्रिय संघसङ्घठनहरु जस्तै विश्व वैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, सार्क, विमस्टेक आदि जस्ता मञ्चहरु मार्फत देशको हितको लागि विभिन्न कामहरु गरेको छ ।
  • नेपालमा समय समयमा हुने लगानी सम्मेलनले नेपाल र विश्वबीच आर्थिक सम्बन्ध कायम गर्न सहयोग पुर्याँउदछ ।
  • विभिन्न राष्ट्रहरुसँग श्रम समझदारी भएको छ । हालसम्म ११ देशसँग दोहोरो करमुक्त्ती सम्झौता र ६ ओटा देशसँग विप्पा सम्झौता गरिएको छ ।

नेपालको आर्थिक कुटनीतिमा रहेका समस्या

नेपालमा आर्थिक कुटनीतिको बारेमा वहस भएको लामो भएको छैन । आर्थिक कुटनीतिका विभिन्न प्रयासहरु भएको यो समयमा पनि हासिल गर्नुपर्ने जति उपलब्धिहरु हासिल भएका छैनन् । ती उपलब्धिहरु हासिल हुन नसक्नुमा देहाय अनुसारका समस्याहरु रहेका छन् ।

  • नेपालमा लगानीमैत्री वातावरण नहुनु,
  • नेपालको समग्र कुटनीतिक प्रणालीमा आर्थिक विषयहरुले प्राथमिकता नपाउनु,
  • नेपाली वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनु,
  • कुटनीतिक नियोगको नेतृत्व र कर्मचारीहरु आर्थिक विषयमा जानकार नहुनु,
  • राजदुत तथा वाणिज्य दुतहरुमा कुटनीतिक क्षमता भन्दा राजनीतिक भागवण्डामा कार्यकर्ता नियुक्त गर्ने प्रवृत्ति हुनु,
  • आर्थिक कुटनीतिका सम्बन्धमा राजनीतिक दलहरुका फरक फरक धारणाहरु हुनु,
  • सम्बन्धित निकायहरुको बीचमा पर्याप्त समन्वय र सहकार्य नहुनु,
  • निजी क्षेत्रलाइ विश्वस्त गराउन र आर्थिक कुटनीतिका आयामहरुमा साथमा लिन नसकिनु,
  • राष्ट्रिय प्राथमिकताको पहिचान नहुनु,
  • गैर आवासिय नेपालीहरुलाइ देशको आर्थिक हितका लागि परिचालन गर्न नसक्नु,
  • श्रम सहचारीको व्यवस्था र श्रमसँग सम्बन्धित कुटनीतिको अवस्था कमजोर हुनु,
  • कुटनीतिक नियोगहरुले आर्थिक कुटनीतिका कार्यक्रमहरु सञ्चालन गर्नका लागि पर्याप्त मात्रामा साधन स्रोत उपलब्ध नहुनु,

 

 

 

समसामयिक विषय (तृतीय पत्र)

१.१ सामाजिक विवाद तथा द्धन्द्ध

१.२ सामाजिक न्याय तथा समानता

१.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण

१.४ स्रोत साधनको वितरणमा न्याय- असमानता र सीमान्तीकरण (प्रादेशिक, जातजातिगत, लैङ्गिक, ग्रामीण तथा शहरी)

२.६ प्रविधि हस्तान्तरण ( बौद्धिक सम्पत्ति अधिकार समेत )

सबै हेर्नुहोस्

सम्पर्क ठेगाना

  •   info@easyloksewa.com
  •   +977-9812901337
  •    Butwal, Nepal

उपयोगी लिंकहरु

  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • अंग्रेजी
  • अनलाइन परीक्षा

© Copyright 2022. All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?