• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9812901337
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

Logo
  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • बौद्धिक स्तर
  • अंग्रेजी
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • बिसयगत
    • शाखा अधिकृत
    • नायब सुब्बा
  • बिचार
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.६ व्यवस्थापन परीक्षण

  • गृह पृष्ठ
  • बिसयगत
  • १.६ व्यवस्थापन परीक्षण

१.६ व्यवस्थापन परीक्षण

  • व्यवस्थापन एवं यसका विविध आयामहरुको जाँच, निरीक्षण, अनुगमन एवं मुल्यांकन गरी सो सम्बन्धी प्रतिवेदन गर्ने र सो प्रतिवेदनको आधारमा गरिने सुधार प्रक्रियालाई व्यवस्थापन परीक्षण भनिन्छ ।
  • यो संगठन तथा व्यवस्थापनको सर्वाङ्गीण आयामहरुमा गरिने परीक्षण हो ।
  • यो अवधारणाको विकास सर्वप्रथम सन् १९६२ मा अमेरीकाबाट भएको मानिन्छ ।
  • यो अवधारणाको जनक Jakson Martindell लाइ मानिन्छ ।

व्यवस्थापन परीक्षणको विकासक्रम

  • अमेरिकी व्यवस्थापनविद Jakson Martindell ले सन् १९६२ मा व्यवस्थापन परीक्षणको अवधारणाको विकास गरेका थिए ।
  • प्रारम्भमा यो अवधारणाको अभ्यास व्यावसायिक प्रतिष्ठानबाट भएको थियो ।
  • सन् १९८० को नविन सार्वजनिक व्यवस्थापनको अवधारणासँगै सार्वजनिक प्रशासनमा यसको अवलम्वन गर्न थालिएको थियो ।
  • नेपालको सन्दर्भमा कानुनी रुपमा निजामति प्रशासनमा व्यवस्थापन परीक्षणको सुरुवात निजामती सेवा ऐन, २०४९ को पहिलो संसोधन, २०५५ बाट भएको थियो भने व्यवहारीक रुपमा वि.सं. २०५० को दशकबाट नेपालको सार्वजनिक प्रशासनमा व्यवस्थापन परीक्षणको सुरुवात भएको पाइन्छ ।
  • वि.सं. २०५५ साल अघि नेपालमा लोक सेवा आयोगले आफ्नो कार्यक्षेत्रको विषयमा व्यवस्थापन परीक्षण गर्दै आएको थियो ।
  • हाल निजामती सेवा ऐनमा भएको व्यवस्थाअनुसार सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगको कार्यक्षेत्रमा पर्ने विषय बाहेक नेपाल सरकारका विभिन्न निकायहरुमा व्यवस्थापन परीक्षण गर्ने गर्दछ ।

व्यवस्थापन परीक्षणको कार्यक्षेत्र

  • संगठनात्मक नीति तथा व्यवहार,
  • संगठनात्मक संरचना,
  • कार्यप्रक्रिया र कार्यालय विन्यास,
  • कर्मचारी व्यवस्थापन र अभिलेख,
  • आर्थिक प्रशासन र जिन्सी व्यवस्थापन,
  • सेवा प्रवाह र पारदर्शिता,
  • सुचना प्रविधिको प्रयोग,
  • कर्मचारीहरुको गुनासो व्यवस्थापन,

व्यवस्थापन परीक्षणको आवश्यकता तथा महत्व

  • सरकारी निकायहरुको व्यवस्थापकिय कार्यमा एकरुपता ल्याउन,
  • संगठन तथा व्यवस्थापनका गतिविधिहरुलाई मार्गदर्शन गर्न,
  • सांगठनिक गतिविधिहरुमा हुन सक्ने त्रुटिलाई हटाउन,
  • सांगठनिक गतिविधिलाई संगठनको उद्देश्यअनुरुप बनाउन,
  • विधिको शासन कायम गर्न,
  • व्यवस्थापनलाई जवाफदेही र पारदर्शी बनाउन,
  • स्रोत साधनको अधिकतम उपयोग गर्न,
  • सुशासन कायम गर्न,

व्यवस्थापन परीक्षणका विधिहरु

  • अवलोकन
  • छलफल
  • अन्तर्वार्ता
  • प्रश्नावली
  • कागजात तथा प्रमाणहरुको अध्ययन
  • विगतका प्रतिवेदनहरुको अध्ययन तथा पुनरावलोकन
  • परीक्षण टोलीले उपयुक्त ठहर्याएका अन्य विधिहरु ।

व्यवस्थापन परीक्षणका प्रकारहरु

व्यवस्था तथा आवश्यकताको आधारमा व्यवस्थापन परीक्षणलाई नियमित तथा आकस्मिक गरी दुइ प्रकारमा विभाजन गर्न सकिन्छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

  • नियमित व्यवस्थापन परीक्षण - यो हरेक वर्षमा कार्यक्षेत्रमा पर्ने निकायहरुमा विभिन्न विषयमा गरिने परीक्षण हो ।
  • आकस्मिक व्यवस्थापन परीक्षण - यो विभिन्न उजुरी, निवेदन तथा सुचनाको आधारमा तत्काल कुनै खास विषयमा गरिने परीक्षण हो ।

नेपालको सार्वजनिक प्रशासनमा व्यवस्थापन परीक्षण

  • वि.सं. २०४८ को प्रशासन सुधार आयोगले सर्वप्रथम नेपालको सार्वजनिक प्रशासनमा व्यवस्थापन परीक्षण गर्नुपर्ने भनी सुझाव दिएको थियो ।
  • लोक सेवा कार्यविधि ऐन, २०४८ मा सीमित रुपमा व्यवस्थापन परीक्षणको व्यवस्था गरीएको थियो ।
  • वि.सं. २०५५ सालमा निजामती सेवा ऐन, २०४९ को पहिलो संशोधन गरियो जसबाट दफा ७२क थप गरी व्यवस्थापन परीक्षण सम्बन्धी व्यवस्था गरियो । जसमा निम्न व्यवस्था गरीएको थियो ।
  1. सामान्य प्रशासन मन्त्रालयद्धारा निजामती कर्मचारी कार्यरत सरकारी निकायमा व्यवस्थापन परीक्षण गर्ने,
  2. उक्त परीक्षणको प्रतिवेदन तयार गरी वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने,
  • व्यवस्थापन परीक्षण निर्देशिका, २०७९ को व्यवस्था गरीएको ।
  • नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ को व्यवस्था ।

नेपालमा व्यवस्थापन परीक्षण सम्बन्धी समस्याहरु

  • स्रोत, साधन तथा जनशक्तिको कमी,
  • प्रभावकारी कानुनी व्यवस्था र संस्थागत संयन्त्र नहुनु,
  • व्यवस्थापन परीक्षणमा निरन्तरता, तदारुकता तथा प्रभावकारीता नहुनु,
  • कानुन पालनामा उदासिनता,
  • दण्ड, पुरस्कारको परिपाटि नहुनु,
  • स्वतन्त्र तथा शक्तिशाली निकायबाट गरिनुपर्ने व्यवस्थापन परीक्षणको जिम्मा सामान्य प्रशासन मन्त्रालयको एउटा शाखालाई मात्र दिइनु,
  • व्यवस्थापन परीक्षणबाट औँल्याइएका कैफियत तथा अनियमितता उपर प्रभावकारी कारवाही नहुनु,
  • परीक्षकमा व्यवस्थापन परीक्षण सम्बन्धी सिप र ज्ञानको कमि हुनु,
  • व्यवस्थापन परीक्षण नतिजामुखी नभइ प्रक्रियामुखी हुनु,
  • प्रदेश र स्थानीय तहको व्यवस्थापन परीक्षण कसले गर्ने भन्ने सम्बन्धमा स्पष्ठता नहुनु,

व्यवस्थापन परीक्षण र लेखा परीक्षणबीच भिन्नता

व्यवस्थापन परीक्षण

लेखा परिक्षण

यो सम्पुर्ण व्यवस्थापकिय कार्यको जाँच हो ।

यो लेखाको मात्र जाँच हो ।

यसमा आर्थिक तथा गैरआर्थिक दुवै किसिमको जाँच गरिन्छ ।

यसमा आर्थिक कारोबार र खातापाताको मात्र जाँच हुन्छ ।

यो सामान्यतया कर्मचारी वा तालुक निकायबाट गरिन्छ ।

यो स्वतन्त्र संवैधानिक निकायबाट गरिन्छ ।

यो जुनसुकै समयमा पनि गर्न सकिन्छ ।

यो खास अवधिमा मात्र गरिन्छ ।

यो मुलत आन्तरीक नियन्त्रणको औजार हो ।

यो बाह्य नियन्त्रण तथा जवाफदेहिता प्रवर्द्धनको औजार हो ।

यो कार्यान्वयनको चरणमा गरिन्छ ।

यो कार्य सम्पन्न भए पश्चात गरिन्छ ।

 

सेवा समुह सम्वन्धि विषयहरु (चतुर्थ पत्र)

१.१ सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु

१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, यसको आधारभुत संरचना, विशेषता सुधारका प्रयास एवं चुनौतिहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

सबै हेर्नुहोस्

सम्पर्क ठेगाना

  •   info@easyloksewa.com
  •   +977-9812901337
  •    Butwal, Nepal

उपयोगी लिंकहरु

  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • अंग्रेजी
  • अनलाइन परीक्षा

© Copyright 2022. All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?