• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9812901337
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

Logo
  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • बौद्धिक स्तर
  • अंग्रेजी
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • बिसयगत
    • शाखा अधिकृत
    • नायब सुब्बा
  • बिचार
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.७ व्यवसायिकता, अनुशासन र आचारसंहिता

  • गृह पृष्ठ
  • बिसयगत
  • १.७ व्यवसायिकता, अनुशासन र आचारसंहिता

१.७ व्यवसायिकता, अनुशासन र आचारसंहिता

व्यावसायिकता

  • आफ्नो पेशा तथा व्यवसायप्रतिको ज्ञान, गुण, अनुभव, विज्ञता तथा सक्षमतालाई जनाउँछ ।
  • कुनै खास पेशा वा व्यवसायमा आबद्ध व्याक्तिहरुको उक्त पेशाका लागि आवश्यक पर्ने सक्षमता, सीप तथा अपेक्षित व्यवहार र नैतिक आचरणको समग्रतालाई नै व्यवसायिकता भनिन्छ ।
  • यो पेशागत विशिष्ट पहिचान एवं गरिमा हो ।
  • यो प्रभावकारी कार्यसम्पादनको मुलभुत आधार हो ।

व्यवसायिकताको तत्वहरु/पक्षहरु/आधारहरु

  • कुशल एवं सक्षम नेतृत्व,
  • सकारात्मक एवं उर्जाशील कार्यवातावरण,
  • उत्पादनशीलता
  • नवप्रवर्तनशील सोँच,
  • नतिजामुलक कार्यशैली,
  • समुह गतिशिलता,
  • निश्पक्षता तथा सु-स्पष्ठता,
  • पारदर्शीता र जवाफदेहीता,
  • विश्वसनीयता,
  • परिणाममुखी मनोवृत्ति,
  • तालिम र क्षमता विकास,
  • मितव्ययिता तथा प्रभावकारीता,
  • सीप र क्षमतामा स्तरोन्नति,
  • इमान्दारिता,
  • अनुभव र ज्ञान आदानप्रदान,
  • अध्ययन र अनुसन्धान,
  • भ्रमण तथा अवलोकन,
  • वस्तुनिष्ठ कार्यसम्पादन मुल्यांकन,
  • नैतिक तथा सदाचारयुक्त कार्यवातावरण,
  • अनुशासन तथा आचारसंहिताको कडा परिपालना,
  • कार्यप्रतिको निष्ठा,
  • उच्च गुणस्तर,

व्यवसायिकताको महत्व

  • संगठनको लक्ष्य तथा उद्देश्यलाई हासिल गर्न,
  • नतिजामुखी कार्यसम्पादन गर्न,
  • स्रोत साधनको अधिकतम उपयोग गर्न,
  • उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न,
  • सेवामा सुधार गर्न,
  • संगठनको साखलाई वृद्धि गर्न,
  • सुशासन कायम गर्न,
  • कार्यसम्पादनको स्तर वृद्धि गर्न,
  • भ्रष्टाचारमुक्त, चुस्त र जनमुखी शासनको विकास गर्न,
  • पेशा र संगठनप्रति जिम्मेवार र बफादार बनाउन,
  • योग्य र सक्षम व्याक्तित्व निर्माण गर्न,

नेपालको सार्वजनिक प्रशासनमा व्यवसायिकता सम्बन्धमा विद्यमान समस्याहरु

  • तालिम तथा क्षमता विकासका कार्यक्रम बढी सैद्धान्तिक हुनु,
  • कार्यसम्पादन तथा सेवा प्रवाहमा अपेक्षाकृत रुपमा प्रभावकारीता नहुनु,
  • उचित जिम्मेवारी र कार्यविभाजन नहुनु,
  • सरुवा तथा बढुवा प्रणाली पुर्व अनुमानयोग्य नहुनु,
  • सहि व्याक्तिको सहि स्थानमा पदस्थापन नहुनु,
  • दण्ड पुरस्कार प्रणाली प्रभावकारी नहुनु,
  • कार्यसम्पादन मुल्यांकन बस्तुनिष्ठ नहुनु,
  • ट्रेड युनियनको अभ्यास व्यवसायिकता मैत्री नहुनु,
  • अनुशासन तथा आचरणको अवस्था कमजोर हुनु,
  • इमानदार कर्मचारीहरु ओझेलमा पर्नु,

अनुशासन

  • प्रचलित नियम, आचार संहिता र स्थापित व्यवहार प्रणालीको अनुशरणबाट निर्माण हुने जीवनशैलीको ढाँचालाई नै अनुशासन भनिन्छ ।
  • यो मानिसलाई मार्गनिर्देशन गरी असल, अनुकरणीय र प्रसंसनीय बनाउने जीवन प्रणाली हो ।
  • यो व्यवसायिकताको आधारभुत अवयव हो ।
  • समग्रमा अनुशासन भनेको असल, सुसँस्कृत तथा विधिसम्मत व्यवहार एवं आचरण तथा संस्कारलाई बुझिन्छ ।

आचार संहिता

  • आचरणहरुको संहिता वा पालना गर्नुपर्ने नियमहरुको संगालोलाई आचारसंहिता भनिन्छ ।
  • कुनै खास संगठन, समुह वा संस्थाका सदस्यहरुले अनुशरण गर्नुपर्ने व्यवहारिक नियमहरुको संग्रह नै आचारसंहिता हो ।
  • यो आचरणहरुको नियम तथा सोको सुची हो ।
  • यो पेशागत रुपमा अवलम्बन गर्नुपर्ने नियमहरुको सुची हो ।

नेपालको सार्वजनिक प्रशासनमा व्यवसायिकता, अनुशासन तथा आचारसंहिताको लागि गरिएका प्रयासहरु

  • संवैधानिक व्यवस्था
  1. प्रस्तावनामा कानुनी राज्यको अवधारणा तथा सुशासन प्रति प्रतिवद्धता व्यक्त गरिएको ।
  2. राज्यको निर्देशक सिद्धान्त कानुनको शासन तथा अनुशासन र मर्यादामा आधारित सामाजिक मुल्यहरुको विकास गर्ने उद्देश्य राखिएको ।
  3. नागरिकका कर्तव्य तथा राष्ट्रिय हितका विषयहरु तोकी अनुशासन र आचारसंहिताका संवैधानिक मानक निर्धारण गरिएको ।
  4. सुरक्षा निकायहरुलाई व्यावसायिक तथा जनउत्तरदायि बनाउने व्यवस्था गरिएको ।
  5. सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायि सार्वजनिक प्रशासनको उद्देश्य राखिएको ।
  • कानुनी व्यवस्था
  1. निजामती सेवा ऐन, २०४९ अन्तर्गत निम्न व्यवस्था गरिएको छ ।
  • प्रस्तावनामा सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी निजामती सेवाको परिकल्पना गरिएको ।
  • विभिन्न सेवाको गठन गरि व्यवसायिकतामा जोड दिइएको ।
  • कार्यविवरणको व्यवस्था गरिएको ।
  • सेवा समुह तथा उपसमुहको गठन गरिएको ।
  • लोक सेवा आयोगको सिफारिसमा नियुक्ति हुने व्यवस्था गरिएको ।
  • सरुवा तथा बढुवाको व्यवस्था गरिएको ।
  • अध्ययन,तालिम तथा अध्ययन भ्रमण सम्बन्धी व्यवस्था गरिएको ।
  • कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुको व्यवस्था गरिएको ।
  • अनुशासन र आचारसंहिता पालन समेतलाई सुदृढीकरण गर्न निजामती कर्मचारीका लागि पुरस्कारको व्यवस्था गरिएको ।

      2. निजामती सेवा नियमावली, २०५०

      3. भ्रष्टाचार निवारण ऐन, २०५९

      4. सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ तथा नियमावली, २०६५

      5. निजामती कर्मचारीको आचारण सम्बन्धी नियमावली, २०६५

कार्यगत प्रयास

  1. समय समयमा विभिन्न समितिहरु गठन गरी प्रशासन सुधारको प्रयास गरिएको (बुच कमिसन देखि दाहाल समितिसम्म)
  2. संघ प्रदेश र स्थानीय तहलाई प्रशासनिक व्यवस्थापनको स्वायत्तता प्रदान गरिएको ।
  3. कार्यसम्पादन सम्झौता, कार्यसम्पादन मुल्यांकन, सेवा करार, व्यवस्थापन करार जस्ता उपायहरुको अवलम्बन गरिएको ।
  4. नागरिक तथा तेस्रो पक्षबाट मुल्यांकन हुने व्यवस्था गरिएको ।
  5. विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रमहरुको व्यवस्था गरिएको ।

अनुशासन तथा आचारसंहिता बीच भिन्नता

अनुशासन

आचारसंहिता

यो नियम परिपालनाको अवस्था हो ।

यो नियमहरुको संग्रह हो ।

यसले मानिसलाई ग्राह्य, अनुकरणीय र प्रसंसनिय बनाउछ ।

यसले मानिसलाई ग्राह्य, अनुकरणीय र प्रसंसनिय हुने बाटो देखाउँछ ।

यो सदाचारयुक्त व्यवहारको रुपमा प्रदर्शन हुन्छ ।

यो नैतिक तथा कानुनी संहिताको रुपमा रहन्छ ।

यसले स्वनियन्त्रण तथा स्व व्यवस्थापनमा जोड दिन्छ ।

यसले नियमन, नियन्त्रण तथा दण्ड सजायमा जोड दिन्छ ।

यो आचारसंहिताको व्यवहारीक प्रयोगको परिणाम हो ।

यो अनुशासनको मार्गदर्शन तथा मापनको आधार हो ।

यसले अनुकरणीय जीवन प्रणालीको नमुना प्रस्तुत गर्दछ ।

यसले विधि-निषेधको दायरा निर्धारण गर्दछ ।

यो मानव केन्द्रित र अमुर्त प्रकृतिको हुन्छ ।

यो नियम केन्द्रित र मुर्त स्वरुपको हुन्छ ।

 

सेवा समुह सम्वन्धि विषयहरु (चतुर्थ पत्र)

१.१ सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु

१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, यसको आधारभुत संरचना, विशेषता सुधारका प्रयास एवं चुनौतिहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

सबै हेर्नुहोस्

सम्पर्क ठेगाना

  •   info@easyloksewa.com
  •   +977-9812901337
  •    Butwal, Nepal

उपयोगी लिंकहरु

  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • अंग्रेजी
  • अनलाइन परीक्षा

© Copyright 2022. All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?