• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9812901337
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

खाता नम्बर : XXXXXXXXXXX

Logo
  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • बौद्धिक स्तर
  • अंग्रेजी
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • बिसयगत
    • शाखा अधिकृत
    • नायब सुब्बा
  • बिचार
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

शासन पद्धति र शासन

  • गृह पृष्ठ
  • सामान्य ज्ञान
  • शासन पद्धति र शासन
सामग्री को तालिका बिषयहरु

सामग्री को तालिका

विविध प्रश्नउत्तर

नेपालको संविधानसम्बन्धी महत्वपूर्ण तथ्यहरु

राजनीतिक व्यवस्था

अधिकारमा आधारित विषयहरु

मानव अधिकार

महिला अधिकार र नेपालको प्रतिबद्बता

लैगिक समानता

लैगिक समानता र महिला सशक्तिकरण

नेपालको प्रशासनिक व्यवस्थाको विकासक्रम

वि. सं. १८२५ देखि वि. सं. १९०३ सम्मको प्रशासनिक व्यवस्था

वि. सं. १९०३ देखि २००७ सालसम्मको प्रशासनिक गतिवधि

वि. सं. २००७ देखि हालसम्मको प्रशासनिक व्यवस्था

वर्तमान केन्द्रीय प्रशासनको संरचना र कार्यपद्धति

निजामती सेवाको विकास

विविध प्रश्नउत्तर

  1. नेपाल सरकार वैधानिक कानुन, २००४ को निर्माणमा सहयोग पुर्याउने भारतीय संविधाविद् को हुन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: श्री प्रकाश, रामउग्र सिंह र रघुनाथ सिंह
  2. नेपाल सरकार वैधानिक कानुन, २००४ को व्यवस्था गर्न वैधानिक सुधार समिति को गठन कहिले भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २००४ वैशाख १५
  3. वैधानिक सुधार समितिको अध्यक्ष को थिए?

    उत्तर हेर्नुहोस्
    उत्तर: सिंहशमशेर ज. ब. रा.
  4. नेपालको अन्तरिम शासन विधान, २००७ मा कति भाग धारा र अनुसुची रहेका थिए ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ७ भाग, ७३ दफा र १ अनुसुची
  5. नेपालको तेस्रो संविधान कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल अधिराज्यको संविधान, २०१५
  6. नेपाल अन्तरिम शासन विधान, २००७ मा हालको लोकसेवा आयोगलाई कुन नामले व्यवस्था गरिएको थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पब्लिक सर्भिस कमिसन
  7. नेपालको संविधान, २०१९ लाई अर्को कुन नामले पनि चिनिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पञ्चायती संविधान
  8. नेपालको पहिलो लागु भएको संविधान कुनलाई मानिन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपालको अन्तरिम शासन विधान २००७
  9. नेपालको संविधान, २०१९ मा कति दफा सदनात्मक व्यवस्थापिका रहेको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: एक सदनात्मक (राष्ट्रिय पञ्चायत)
  10. नेपालको अन्तरिम शासन विधान, २००७ कतिपटक संशोधन भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ पटक
  11. नेपाल अधिराज्यको संविधान, २०१५ को संविधान मस्यौदा समितिका अध्यक्ष को थिए ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भगवतीप्रसाद सिंह
  12. नेपालको संवैधानिक इतिहासमा पाँचौ संविधान कुन हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल अधिराज्यको संविधान, २०४७
  13. नेपाल अधिराज्यको संविधान, २०१५ को संविधान मस्यौदा समितीलाई सहयोग गर्ने विदेशी संविधानविद् को थिए ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सर आइभर जेनिङ (बेलायत)
  14. नेपालको संविधान, २०१९ मा कति भाग, धारा र अनुसुची रहेका छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: २० भाग ,९७ धारा र ६ अनुसूची
  15. नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा तयार गर्न संविधान मस्यौदा कमिसन को गठन कहिले गरिएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०१४ चैत्र ३
  16. नेपाल अधिराज्यको संविधान, २०१५ मा कति भाग, धारा र अनुसूची रहेका छन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: १० भाग र ७७ धारा (अनुसूचीको व्यवस्था नभएको)
  17. नेपाल अधिराज्यको संविधान, २०१५ ले संसदमा कति सदनको व्यवस्था गरेको थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: २ (महासभा र प्रतिनिधिसभा)
  18. नेपाल अधिराज्यको संविधान, २०१५ बमोजिम नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: १०९
  19. नेपालको संविधान ,२०१९ को संविधान मस्यौदा आयोग को गठन कहिले गरिएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०१९ वैशाख २६
  20. नेपालको संविधान, २०१९ मा कतिपटक संशोधन भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३ पटक
  21. नेपालको संविधान, २०१९ को संविधान मस्यौदा आयोगको अध्यक्ष को थिए?

    उत्तर हेर्नुहोस्
    उत्तर: ऋषिकेश शाह
  22. नेपाल अधिराज्यको संविधान, २०४७ को संविधान सूझाव आयोग का अध्यक्ष को थिए?

    उत्तर हेर्नुहोस्
    उत्तर: विश्वनाथ उपाध्याय
  23. नेपाल अधिराज्यको संविधान, २०४७ मा कति भाग धारा र अनुसूची रहेका थिए?

    उत्तर हेर्नुहोस्
    उत्तर: २३ भाग, १३३धारा र ३ अनुसूची
  24. नेपालको अन्तरिम संविधान २०६३ मा कतिपटक संशोधन भएकव थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १२
  25. नेपालको संविधान (२०७२) मा कति भाग, धारा र अनुसूची रहेका छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३५ भाग, ३०८ धारा र ९ अनुसूची

नेपालको संविधानसम्बन्धी महत्वपूर्ण तथ्यहरु

  1. नेपालको संविधानमा कति भाग धारा र अनुसूचि रहेका छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३५ भाग, ३० धारा र ९ अनुसूची
  2. नेपालको संविधान अनुसार राष्ट्र भाषा भन्नाले के बुझिन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपालमा बोलिने सबै मातृभाषा
  3. नेपालको संविधानको कुन भागमा नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भाग २
  4. नेपालको संविधानको भाग ३ मा कति प्रकारका मौलिक हकको व्यवस्था गरिएको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३१ (धारा १६ -४६ सम्म)
  5. नेपालको संविधान अनुसार पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक कति समयभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्नेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: २४ घण्टाभित्र
  6. नेपालको संविधानको कुन धारामा नागरिकका कर्तव्य सम्बन्धी व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: धारा ४८
  7. नेपालको राज्यशक्तिको प्रयोग संघ प्रदेश र संथानीय तहले यस संविधान तथा कानुन बमोजिम गर्ने व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: धारा ५६ (२)
  8. नेपालको संविधान अनुसार नेपालमा स्थानीय तहअन्तर्गत कुनकुन निकाय पर्दछन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: गाँपालिका , नगरपालिका र जिल्लासभा
  9. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण कसको सिफारिसबमोजिम हुनेछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
  10. नेपालको संविधान अनुसार राष्ट्रपतिको प्रमुख कर्तव्य के हुनेछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: संविधानको पालन र संरक्षण गर्नु
  11. राष्ट्रपतिको पदावधि कति वर्षको हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पाँच वर्ष
  12. वर्तमान संविधान अनुसार वैदेशिक सहायता ऋण लिने अधिकार कसको हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल सरकार
  13. नेपालको संविधान अनुसार नेपालमा कस्तो प्रकारको नागरिकताको व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकता
  14. नेपालको संविधान, २०७२ ले असंशोधनीय भनी उल्लेख गरेका विषय कति छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ४ (नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता)
  15. नेपालको संविधान अनुसार राष्ट्रपति हुनका लागि कति वर्ष उमेर पूरा हुनुपर्ने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ४५ वर्ष
  16. स्थायी सदनका रुपमा रहने राष्ट्रिय सभामा कति सदस्य रहने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ५९
  17. संघीय संसदको सदस्यको उम्मेदवार हुन प्रतिनिधि सभाका लागि २५ वर्ष उमेर पुरा भएको हुनुपर्छ भने राष्ट्रिय सभाका लागि कति उमेर पूरा भएको हुनुपर्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३५ वर्ष
  18. कुनै विधेयक अर्थ विधेयक हो वा होइन भन्ने प्रश्न उठेमा कसको निर्णय अन्तिम हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रतिनिधि सभाका सभामुख
  19. अर्थ विधेयक कुन सदनमा पेश गर्न सकिने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रतिनिधि सभामा मात्र
  20. प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने सम्बन्धमा के व्यवस्था रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भाग लिन पाउने
  21. नेपालको संविधान अनुसार ‘खस आर्य’ भनी कुन कुन जाती/ समुदायलाई भनिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: क्षेत्री, ब्राहमण, ठकुरी, सन्यासी (दशनामी) समुदाय
  22. वर्तमान संविधानअनुसार कति पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: दुई पटक
  23. कति वर्ष उमेर पूरा भएको प्रत्यक नेपाली नागरिकतालाई संघीय कानुनबमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १८ वर्ष
  24. मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: धारा ७६
  25. संघीय संसदको कुनै सदस्य प्रचलित कानुनबमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसले गर्ने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सर्वोच्च अदालतको संवैधानिक इजलास
  26. नेपालको संविधानको कुन धारामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: धारा ७०
  27. प्रतिनिधिसभामा कति सदस्य रहने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: २७५ (प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १:१०)
  28. संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनितिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कति हिस्सा महिला हुनपाउने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: कम्तीमा एक तिहाई
  29. प्रदेश प्रमुखको पदावधि कति हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पाँच वर्ष
  30. प्रदेश सभाको कार्यकाल कति हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पाँच वर्ष
  31. प्रदेश सभामा प्रस्तुत कुनै विधेकयक अर्थ विधेयक हो वा होइन भन्ने प्रश्न उठेमा कसको निर्णय अन्तिम हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रदेश सभाका सभामुख
  32. जिल्ला अदाल्तका न्यायाधिशको नियुक्ति कसरि गरिने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधिशबाट
  33. प्रदेशको व्यवस्थापिका कति सदनात्मक हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: एक सदनात्मक जसलाई प्रदेश सभा भनिने
  34. महान्यायाधिवक्ता कसको मुख्य कानुनी सल्लाहकार हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल सरकार
  35. न्याय सेवा आयोग कति सदस्यीय हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पाँच
  36. अध्यक्षको पदमा कति कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन?

    उत्तर हेर्नुहोस्
    उत्तर: दुई कार्यकाल
  37. प्रधानन्यायाधिशको पदावधि कति हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ वर्ष
  38. सदनमा प्रस्तुत भएको विधेयक कसले फिर्ता लिन सक्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सदनको स्वीकृति लिई विधेयक प्रस्तुतकर्ता सदस्यले
  39. संघीय आकस्मिक कोष कसको नियन्त्रणमा रहनेछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल सरकार
  40. न्याय परिषदको अध्यक्षको हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानन्यायाधिश
  41. गाउँ कार्यपालिकाको अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार बन्न कति वर्ष पूरा भएको हुनुपर्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: २१ वर्ष
  42. प्रदेश सभाको सदस्य हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: २५ वर्ष
  43. महान्यायाधिवक्ताले प्रत्येक वर्ष आफुले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्दछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राष्ट्रपतिसमक्ष
  44. महान्यायाधिवक्ता कति अवधिसम्म आफ्नो पदमा बहाल रहन सक्नेछन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानमन्त्रीको इच्छाअनुसारको अवधिसम्म
  45. एउटै व्यक्ति कति पटक भन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन?

    उत्तर हेर्नुहोस्
    उत्तर: एक पटकभन्दा बढी
  46. वर्तमान संविधानको कुन भागमा महान्यायाधिवक्ता सम्बन्धी व्यवस्था गरिएको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भाग १२
  47. प्रधानन्यायाधिश र सर्वोच्च अदालतका अन्य न्यायाधिशहरु कति वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा बहाल रहेनेछन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६५ वर्ष
  48. न्याय सेवा आयोगको अध्क्षय को हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानन्यायाधिश
  49. सर्वोच्च अदालतको प्रधानन्यायाधिश वा न्यायधिश भइसकेको व्यक्ति कस्तो सरकारी सेवामा ग्राहय हुनेछन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: कुनै पनि सरकारी पदमा नियुक्तिका लागि लागि ग्राहय नहुने
  50. महान्यायाधिवक्ताको नियुक्ति कसरी हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट
  51. न्यायपरिषद कति सदस्यीय हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पाँच
  52. उच्च अदालत मुख्य न्यायाधिश तथा न्यायाधिशको नियुक्ति कसरि गरिने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: न्यायापरिषदको सिफारिसमा प्रधानन्यायाधिशबाट
  53. कसको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक एक मुख्य न्यायाधिवक्ता रहने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: महान्यायाधिवक्ता
  54. मुख्य मन्त्री र मन्त्रीले को समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रदेश प्रमुख
  55. प्रदेश प्रमुख हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३५ वर्ष
  56. प्रदेश सभाको कति प्रतिशत सदस्यहरु प्रत्यक्ष निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६० प्रतिशत समानुपातिकबाट: ४० प्रतिशत
  57. प्रदेश प्रमुखले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिनु पर्ने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राष्ट्रपति समक्ष
  58. सर्वोच्च अदालतका प्रधानन्यायाधिशको नियुक्ति कसरी गरिन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट
  59. लोकसेवा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले कति वर्षको हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ वर्ष
  60. महालेखा परिक्षकको पदावधि नियुक्तिको मितिले कति वर्षको हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ वर्ष
  61. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त वा आयुक्तको पदमा नियुक्तिका लागि शैक्षिक योग्यताका सम्बन्धमा के व्यवस्था रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: मान्यताप्राप्त विश्वविधालयबाट स्नात्क उपाधि प्राप्त गरेको
  62. नेपाली सेनाको परमाधिपति को हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राष्ट्रपति
  63. प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति कसरी हुने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट
  64. नेपालको संविधान अनुसार सन्धि वा सम्झौता गर्ने अधिकार कसमा निहित रहनेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: संघ
  65. नेपालको संविधानको कुन भागमा राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था रहेको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भाग २८
  66. मानव अधिकारसँग सम्बन्धित अन्तराष्ट्रिय सन्धि वा सम्झौताको नेपाल पक्ष बन्नुपर्ने भएमा त्यसको कारण सहित कसलाई सिफारिस गर्नुपर्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल सरकारलाई
  67. राष्ट्रिय सुरक्षा परिषदले आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राष्ट्रपति समक्ष
  68. नेपालको संविधानको कुन भागमा राजनितिक दलसम्बन्धी व्यवस्था गरिएको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भाग २९
  69. नेपालको संविधानको कुन धारामा सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: धारा २८५
  70. वर्तमान संविधानको कुन भागमा संकटकालिन अधिकारसम्बन्धी व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भाग ३०
  71. गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचित भएको मितिले कति वर्षको हुनेछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पाँच वर्ष
  72. जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख र सदस्यको पदावधि निर्वाचित भएको मितिले कति वर्षको हुनेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पाँच वर्ष
  73. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुको पदावधि नियुक्तिका मितिले कति वर्षको हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ वर्ष
  74. लोकसेवा आयोगमा अध्यक्षका अतिरिक्त अन्य कतिजना सदस्य रहने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: चार जना
  75. नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा कसको परामर्शविना स्थायी नियुक्ति गरिने छैन ?

    उत्तर हेर्नुहोस्
    उत्तर: लोकसेवा आयोग
  76. संघीय कानुन कहाँ कहाँ लागू हुन सक्ने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपालभर वा आवश्यकताअनुसार नेपालको कुनै क्षेत्रमा
  77. संघ प्रदेश र संथानीय तहबित समन्वय कायम गर्न आवश्यक कानुन कसले बनाउने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: संघीय संसदले
  78. लोकसेवा आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि कति शैक्षिक योग्यता हुनुपर्ने छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर
  79. लोकसेवा आयोगको अध्यक्ष र सदस्यको नियुक्ति कसरी गरिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट
  80. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अन्य आयुक्त कति वर्षको उमेरसम्म आफ्नो पदमा बहाल रहन सक्छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६५ वर्ष
  81. महालेखा परीक्षकको नियुक्ति कसरी गरिने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट
  82. महालेखा परिक्षकबाट कानुनद्धारा निर्धारित तरिकाबमोजिम कुनकुन कुराको विचार गरी लेखापरिक्षण हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभाकारिता र औचित्य
  83. संकटकालिन अवस्थाको घोषणा गर्ने वा आदेश जारी गर्ने अधिकार कसमा हुनेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राष्ट्रपति
  84. प्रदेशको अधिकारको सूचिमा पर्ने विषयमा सन्धि वा सम्झौता गर्दा नेपाल सरकारले कोसँग परापर्श गर्नु पर्नेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सम्बन्धित प्रदेशसँग
  85. नेपालको संविधानको कुन भाग र धारामा संविधान संशोधनसम्बन्धी व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भाग ३१ र धारा २७४
  86. संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न बनेको संवैधानिक परिषदको अध्यक्ष को रहने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानमन्त्री
  87. जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा कति सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ९ सदस्यीय
  88. असाधरण अधिकार क्षेत्रअन्तर्गत सर्वोच्च अदालतले कुनकुन आदेश जारि गर्न सक्नेछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छा लगायत अन्य उयुक्त आदेश
  89. सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति कसरी गरिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: न्यायपरिषदको सिफारिसमा राष्ट्रपतिबाट
  90. सर्वोच्च अदालतमा रहने संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधानन्यायधीशले तोकेका अन्य कति जना न्यायाधीश रहने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: चार जना
  91. सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा कति वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुने मानिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: तीन वर्ष
  92. प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसरि नियुक्त मन्त्रीले शपथ ग्रहण गरेको मितिले कति समय भित्र प्रदेश सभाको सदस्यता प्राप्त गर्नुपर्नेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ महिनाभित्र
  93. संघ प्रदेशबीच तथा प्रदेश प्रदेशबीच उत्पन्न राजनितिक विवाद समाधान गर्न कसको अध्यक्षतामा अन्तर प्रदेश परिषद गठन हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानमन्त्री
  94. कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन एवं प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाई बढिमा कति महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ महिना
  95. नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीती तर्जमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न गठित राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को हुने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानमन्त्री
  96. संघीय आयोगको गठनसम्बन्धी व्यवस्था संविधानको कुन धारामा गरिएको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: धारा २९५ (प्रदेशको सीमांकन सम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्ने ।)
  97. प्रदेश कानुन कहाँ कहाँ लागू हुन सक्नेछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रदेशभर वा आवश्यकता अनुसार प्रदेशको कुनै क्षेत्रमा ( दुई वा दुईभन्दा बढि प्रदेशले प्रदेशको अधिकारको सूचिमा उल्लिखित कुनै विषयमा कानुन बनाउन नेपाल सरकारसमक्ष अनुरोध गरेमा संघीय संसदले आवश्यक कानुन बनाउन सक्नेछ । त्यस्तो कानुन सम्बन्धित प्रदेशको हकमा मात्र लागू हुनेछ । )
  98. नेपालको संविधान अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले कति दिनभित्र तोकिएबमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३५ दिनभित्र
  99. वर्तमान संविधानअनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले को समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्दछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राष्ट्रपतिसमक्ष (राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष)
  100. यस संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल कति वर्षको हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पाँच वर्ष (संकटकालिन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामा संघीय ऐनबमोजिम कार्यकाल एक वर्षमा बढ्ने गरी थप गर्न सकिने । )
  101. संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा कति सदस्यीय संघीय मन्त्रिपरिषद गठन गर्न सकिने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: २५
  102. राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि को समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधान न्यायाधीश समक्ष (उपराष्ट्रपतिले राष्ट्रपति समक्ष)
  103. प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले कति दिनभित्र प्रतिनिधि सभाका सदस्यहरुले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १५ दिनभित्र
  104. कुन कुन विधेयकलाई सरकारी विधेयकका रुपमा कात्र प्रस्तुत गर्न सकिन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: अर्थ विधेयक, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपाल लगायत सुरक्षा निकायसँग सम्बन्धि विधेयक
  105. यस संविधानबमोजिम कुनै व्यक्ति विरुद्ध महाभियोग प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानविन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रतिनिधिसभामा कुन समिति रहनेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: महाभियोग सिफारीस समिति (यो समितिमा प्रतिनिधि सभाका ११ जना सदस्य रहने)
  106. प्रधानमन्त्री र मन्त्रीहरु सामूहिक रुपमा संघीय संसद्प्रति उत्तरदायी हुनेछन् भनी मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रुपमा को प्रति उत्तरदायी हुन्छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानमन्त्री र संघीय संसदप्रति
  107. संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति मन्त्रिपदमा नियुक्त भएमा त्यस्तो मन्त्रीले शपथ ग्रहण गरेका मितिले कति समयभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ महिनाभित्र (तर, तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति उक्त प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने ।)
  108. प्रतिनिधि सभाले पारित गरेको अर्थ विधेयक राष्ट्रिय सभामा पठाइने र राष्ट्रिय सभाले सो विधेयकमा छलफल गरी विधेयक प्राप्त गरेको कति दिनभित्र कुनै सुझाव भए सुझावसहित प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्दछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १५ दिनभित्र
  109. संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध कुन सिद्धान्तमा आधारित हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त
  110. के कस्तो विधेयक दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिनेछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राष्ट्रिय सभाले पारित गरेको तर प्रतिनिधि सभाले अस्वीकार गरेको वा प्रतिनिधि सभाले संशोधनसहित राष्ट्रिय सभामा फिर्ता पठाएको तर राष्ट्रिय सभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयक
  111. राष्ट्रिय सभाका सदस्यहरुको पदावधि कति हुने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ वर्ष
  112. सर्वोच्च अदालतमा प्रधान न्यायाधिशका अतिरिक्त बढीमा कति जनासम्म अन्य न्यायाधिश रहनेछन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: २० जना

राजनीतिक व्यवस्था

  1. नेपालमा औपचारिकरुपमा कहिले गणतन्त्रात्मक मुलुक घोषित भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि सं २०६५ जेठ १५
  2. कानुनी राज्य अर्थात कानुनी शासनको सिद्धान्तका प्रतिपादक को हुन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: बेलायतका कानुनविद ए. भी डायसी
  3. संसदीय व्यवस्थामाख आधा घण्टाको समय भन्नाले के बुझिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: व्यवस्थापिका- संसदमा प्रधानमन्त्री र मन्त्रीको जवाफबाट असन्तुष्ट सांसदहरुले प्रष्टीकरणका लागी पुन जवाफ माग्ने समय
  4. संसदीय व्यवस्थामा शून्य समय भन्नाले के बुझिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: कुनै निश्चित कार्यक्रम तय नगरिएको तर सांसदहरुद्धारा देशको जल्दोबल्दो एंब समसामयिक विषयमा प्रश्नोत्तर गरी सरकारको ध्यानाकर्षणका लागी तोकिएको समय
  5. राज्यको एक स्थायी, अविभाज्य, अहस्तान्तरणीय र सर्वोच्च शक्ति केलाई मानिन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सार्वभौमसत्ता

अधिकारमा आधारित विषयहरु

  1. नागरिक समाजलाई पूर्वी युरोपमा “परिवर्तनको रक्षक” को रुपमा लिइन्छ भने अमेरिकामा केका रुपमा लिइन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सामाजिक शक्ति
  2. संयुक्त राष्ट्रसंघद्धारा कुन वर्षलाई अन्तर्राष्ट्रिय मानव अधिकार वर्ष का रुपमा मनाइयो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९६८
  3. नागरिक वडापत्रको सुरुवात कुन देशबाट भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: बेलायत
  4. नेपालमा नागरिक वडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि सं २०५६
  5. नागरिक वडापत्रको अवधारणा कहिलेदेखि आएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९९१
  6. नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको सुरुवात कहिलेदखि भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०७० वैशाख २
  7. नेपालको मर्यादाक्रम अनुसार ‘मुख्यसचिव’ कतिऔं स्थानमा रहेका छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नवौं
  8. लोकसेवा आयोगको वार्षिक प्रतिवेदन संसदको कुन समितिमा छलफल गरिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राज्य व्यवस्था समिति
  9. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०३९
  10. सार्वजनिक प्रशासनका पिता भनि कसलाई चिनिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: उड्रो विल्सन
  11. निजामति सेवाको पदपूर्ति सम्बन्धमा पिछाडिएको क्षेत्र भनी कति जिल्लालाई तोकिएको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ९ जिल्ला
  12. सेवाग्राहीहरुको सर्वोपरि हितका लागि नागरिक वडापत्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: बेलायतका प्र. म. जोन मेजर
  13. नेपालमा नागरिक वडापत्रको अवधारणालाई कुन प्रशासन सुधार आयोगले आत्मसात गरेको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८
  14. नेपालमा समावेशीकरण राष्ट्रिय आयोगको गठन कहिले भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०६५ पुस २९
  15. प्रशासनको प्रभावकारिता अभिवृद्धिका लागि व्यवस्थापन प्ररिक्षण कहिलेदेखि गर्न थालिएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: आ. व. २०५५ / ५६
  16. नेपालमा शासकीय सुधार कार्यक्रम कहिलेदेखि लागू भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: आ. व. २०५८/ ५९
  17. नेपालमा ज्येष्ठ नागरिक दिवस कहिलेदेखि मनाउन सुरु गरिएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०६२
  18. नागरिक वडापत्रको समुचित कार्यान्वयन भए नभएको अनुगमन गर्नका लागि गठन हुने एकाइलाइ के भनिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: social Audit panel

मानव अधिकार

  1. मानव अधिकारभित्र तेस्रो पुस्ताको अधिकारअन्तर्गत शान्ति स्वच्छ वातावरण विकासको अधिकार पर्छ भने चौथो पुस्ताको अधिकारअन्तर्गत कुन अधिकार पर्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: स्वायत्तताको अधिकार
  2. मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चयुक्तको पदावधि कति वर्षको हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ४ वर्ष
  3. मानव अधिकारको राष्ट्रसंघीय वडापत्र मस्यौदा समितिको अध्यक्ष को थिए ?

    उत्तर हेर्नुहोस्
    उत्तर: Eleanor Roosvelt
  4. मानव अधिकारभित्र दोस्रो पुस्ताको अधिकारअन्तरगत कुन अधिकार पर्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
  5. नेपालमा बन्दी प्रत्यक्षीकरणको हक प्रदान गर्ने पहिलो कानुन कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: व्यक्तिगत स्वतन्त्रता ऐन, २००६
  6. मानव अधिकारका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको प्रधान कार्यालय कहाँ रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: जेनेभा
  7. राष्ट्रिय मानव अधिकार आयोगका प्रथम अध्यक्ष को हुन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: नयन बहादुर खत्री
  8. नेपालले सर्वप्रथम अनुमोद गरेको मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: दासत्वमोचनसम्बन्धी महासन्धी
  9. मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा कति धाराहरु रहेका छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३० धारा
  10. वर्तमान संविधानको कुन धारामा मृत्युदण्डको सजाय हुने गरि कानुन बनाउन नपाइने व्यवस्था छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: धारा १६
  11. राष्ट्रिय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि सं २०५७ जेठ १३
  12. प्राचीन ग्रिक राज्यमा नागरिकहरुलाई प्राप्त अधिकार ISONONIA ले कुन अधिकारलाई जनाउछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: Equality before the law
  13. प्राचीन ग्रिक राज्यमा नागरिकहरुलाई प्राप्त अधिकार ISOGORIA ले कुन अधिकारलाई जनाउछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: Equal Freedom of Speech
  14. Amnesty Intemational कसको सक्रियतामा स्थापना भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: पिटर वेनेन्सन
  15. मानव अधिकारको विषयलाई कुनै पनि राष्ट्रले आफ्नो आन्तरिक घरेलु मामिलाको विषय भनी दावी गर्न सक्दैन भन्ने सिद्धान्तलाई के भनिन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: घरेलु क्षेत्राधिकारको सिद्धान्त
  16. अन्तर्राष्ट्रिय मानवअधिकार दिवस कुन दिन मनाउने गरिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: डिसेम्बर १०
  17. रेडक्रसको स्थापना कहिले भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १८६३
  18. जातीवाद विरुद्धको प्रथम सम्मेलन कहिले र कहाँ भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७८ स्वीट्जरल्यान्डको जेनेभा
  19. अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९६८ देखि
  20. राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरुको पदावधि कति वर्षको हुन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ५ वर्ष
  21. मानव अधिकारको पुस्तावरी विभाजनअनुसार पहिलो पुस्ता (First Generation ) को अधिकारअन्तर्गत कुन अधिकार पर्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नागरिक तथा राजनीतिक अधिकार
  22. मानवअधिकारको विश्वव्यापी घोषणापत्र UNO को कुन अंगले तयार गरेको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: आर्थिक तथा सामाजिक परिषद
  23. नेपालले दासत्व मोचनसम्बन्धी महासन्धिलाई कहिले अनुमोदन गर्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९६३ जनवरी ७
  24. संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगमा कति सदस्य रहने व्यवस्था रहेको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ५४ जना
  25. संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगका सदस्यको पदावधि कति वर्षको हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३ वर्ष

महिला अधिकार र नेपालको प्रतिबद्बता

  1. नेपालले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (CEDAW) लाई कहिले अनुमोद गर्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९९१ अप्रिल २३
  2. अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: मार्च ८
  3. चौथो विश्व महिला सम्मेलन कहिले र कहाँ भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९९५ सेप्टेम्बर ४- १५ ,चीनको बेइजिङ
  4. महिला शिक्षा परियोजना कहिलेदेखि सुरु भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०२९
  5. नेपालमा नारि दिवस कहिलेदेखि मनाउन थालियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०१६ देखि
  6. तेस्रो विश्व महिला सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८५, केन्याको नैरोवी
  7. अन्तर्राष्ट्रिय नारी दिवस कहिलेदेखि मनाउन थालियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९१० देखि
  8. जिल्ला परिषदमा मनोनित हुने ६ जना व्यक्तिमध्ये कति जना महिला सदस्य हुनुपर्ने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १ जना
  9. दोस्रो विश्व महिला सम्मेलन कहिले र कहाँ भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८०, डेनमार्कको कोपनहेगन
  10. महिला अधिकार, समानता र शान्ति कायम गर्ने सम्बन्धी पहिलो विश्व महिला सम्मेलेन कहिले र कहाँ सम्पन्न भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७५, मेक्सिको

लैगिक समानता

  1. कुन दशकलाई अन्तर्राष्ट्रिय नारी दशकका रुपमा मनाइयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७६ _१९८५
  2. अन्तर्राष्ट्रिय महिला दशक सन् १९७६- १९८५ को नारा के रहेको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: समानता विकास र शान्ति
  3. महिला र पुरुषबीच समानता कायम रहनुपर्छ भन्ने पहिलो अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: संयुक्त राष्ट्रसंघको वडापत्र सन् १९४५
  4. “महिला विकासका उपभोक्ता हुन्” भन्ने दृष्टिकोण कुन अवधारणले राख्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: WID
  5. CEDAW को पुरा रुप के हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: Convention on Elimination of forms of Discriminations Against Women
  6. “महिला विकासका वस्तु हुन्” भन्ने दृष्टकोण कुन अवधारणाले राख्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: Pre WID
  7. अन्तर्राष्ट्रिय श्रमसंगठन (ILO) ले महिला र पुरुषबीच बराबरी कामका लागी बराबरी पारीश्रमिक दिनुपर्ने महासन्धि कहिले पारित गर्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९५१
  8. GAD सम्बन्धी अवधारणाले कुन पक्षलाई जोडदिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: महिला सशक्तिकरण

लैगिक समानता र महिला सशक्तिकरण

  1. कुन आवधिक योजनादेखि महिला विकासलाई स्थान दिन थालियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: छैटौं
  2. नेपालमा महिला शिक्षाको औपचारिक सुरुवात गर्ने देन कुन महिलालाई छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भारतीय महिला गंगाबाई
  3. नेपालमा महिला शिक्षाको औपचारिक सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वीरशमशेर

नेपालको प्रशासनिक व्यवस्थाको विकासक्रम

  1. वैदिक कालमा राजालाई के भनिन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: गोप
  2. लिच्छविकालीन शासन व्यवस्थामा कुथेर अधिकरण (अडडा) ले के काम गर्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: राजस्व उठाउने
  3. २००७ साल पूर्व प्रशासनलाई कुन रुपमा लिइन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: राजनीतिको एक भाग
  4. किरातकालिन समयमा राजालाई हाङ्ग भनिन्थ्यो भने मन्त्रीलाई के भनिन्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: तुम्याङ

वि. सं. १८२५ देखि वि. सं. १९०३ सम्मको प्रशासनिक व्यवस्था

  1. पृथ्वीनारायण शाहको पालामा राजालाई सहयोग र परामर्श दिने सर्वोच्च प्रशासनिक निकाय कुन थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: कौशल अर्थात भारदारी अडडा
  2. खजाना र कौशीतोषाखानासम्बन्धी काम गर्ने कर्मचारीलाई के भनिन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: खजाञ्ची
  3. राणाशासन कालभन्दा अघि नेपालमा कति जना प्रधानमन्त्री भए ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ जना
  4. कर्मचारीहरुको मनोनयन, सरुवा, बढुवा, वर्खास्त आदि मनोमानी ढंगले गर्ने कार्यलाई के भनिन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: पजनी
  5. सरदारपछिको महत्वपूर्ण पद के थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: कपर्दार
  6. पृथ्वीनारायण शाहको पालामा कर्मचारीहरुलाई जागिरका रुपमा दिइने जग्गालाई के भनिन्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: खान्गी र खुवा
  7. शाहकालीन प्रशासन व्यवस्थामा कपर्दारहरुको मुख्य काम के हुन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: भण्डारको रेखदेख गर्ने राजदरवारका भित्री कर्मचारी
  8. राणाशासन पूर्व इलाकाको प्रशासनिक प्रमुखलाई के भनिन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: कोतवाला
  9. पृथ्वीनारायण शाहको पालामा काठमाडौं उपत्यका बाहेक त्यति बेलाको नेपाललाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १२ भाग
  10. शाहकालिन प्रशासन व्यवस्थामा कुमारी चोक अड्डाको मुख्य काम के थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: आम्दानी र खर्चको हिसाबकिताब राख्ने
  11. राणाशासन तथा सोभन्दा पहिले सार्वजनिक निर्माण एवं मर्मत संभारसम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: छेभडेल
  12. नेपाल एकीकरणको समयमा युद्ध नगरी स्वेच्छाले आत्मसमर्पण गर्ने अर्धस्वतन्त्र राज्यहरुले नेपाल सरकारलाई बुझाउने रकमलाई के भनिन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सिर्तो
  13. राणाशासन पूर्व सरकारी बैंकको रुपमा कुन अड्डाले काम गर्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भण्डारखाल तहबील
  14. राणाशासन पूर्व ‘काजी’ भन्नाले कुन सहरको पदलाई बुझाउँथ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: मन्त्री
  15. राणाशासन पूर्व ‘काजी’ पछिको ठूलो पद के मानिन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सरदार
  16. पृथ्वीनारायण शाहको पालामा राष्ट्रको आम्दानी र खर्चको व्यवस्था गर्ने केन्द्रीय निकाय कुन थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: कौशीतोषाखाना (हाल निवृत्तभरण व्यवस्थापन कार्यालय)
  17. पृथ्वीनारायण शाहको पालामा ‘मुन्सिखाना’ को मुख्य काम के थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: परराष्ट्रसम्बन्धी
  18. युवराजधिराजलाई ‘नानी महाराजधिराज’ को पदवी कुन राजाको पालामा दिइएको थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: राजा राजेन्द्र
  19. राणाशासन पूर्व कर्मचारीलाई जागिरका रुपमा दिइने जग्गाको प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सदर दफ्तरखाना
  20. नेपालको प्रशासनिक इतिहासमा ‘थरघर प्रथा’ कहिलेसम्म रहयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल एकीकरणभन्दा केहि पछिसम्म मात्र
  21. ‘सदर दफ्तरखाना’ भन्नाले केलाई बुझाउछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भूमि तथा भूराजस्वसम्बन्धी काम गर्ने अड्डा
  22. राणाशासन पूर्व वैदेशिक मामिला हेर्ने हाकिम (हालको परराष्ट्र सचिव) लाई के भनिन्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: मिरमुन्सी
  23. राणाशासन पूर्व स्थानीय प्रशासनको रुपमा ३९ जिलुलाहरु रहेका र जिल्ला प्रमुखका रुपमा को रहने व्यवस्था थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सुब्बा

वि. सं. १९०३ देखि २००७ सालसम्मको प्रशासनिक गतिवधि

  1. राणाशासन कालमा नेपाललाई कति क्षेत्रमा विभाजन गरिएको थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ९ भागमा
  2. राणाशासन कालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: ३५ (पहाडमा २३ र तराईमा १२)
  3. नेपालमा सर्वप्रथम कसको पालामा प्रधान न्यायालयको स्थापना भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: जुद्धशमशेर
  4. जंगबहादुरको समयमा देशको प्रशासनिक यन्त्रलाई कति इकाइमा विभाजन गरिएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६९
  5. राणाकालमा कडेलचोक अड्डाले के काम गर्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: गर- गहनाको व्यवस्था गर्ने
  6. राणाकालिन प्रशासनिक व्यवस्थामा जंगी तथा निजामति कर्मचारिलाई रकम सापटी दिने सम्बन्धी कार्य कुन अड्डाले गर्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: तेजारथ अड्डा
  7. खड्ग निशाना अड्डाको स्थापना कसको पालामा भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: चन्द्रशमशेर
  8. हाजिरी गोश्वारा कुन राणा प्रधानमन्त्रीको पालामा स्थापना भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वीरशमशेर
  9. राणाशासन कालमा पटनामा रहेको नेपाल सकारको एजेन्टको कार्यालयलाई के भनिन्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: इलाइची कोठी

वि. सं. २००७ देखि हालसम्मको प्रशासनिक व्यवस्था

  1. नेपालमा प्रशासन सुधार कार्यको विकासक्रम कहिलेदेखि भएको मानिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २००७
  2. नेपालको प्रशासन सुधारमा सबैभन्दा बढी भूमिका रहन गएको प्रशासन सुधार आयोग कुन हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
  3. प्रशासन सुधार आयोग, २०२५ कसको अध्यक्षतामा गठन भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वेदानन्द झा
  4. नेपालको प्रशासनलाई सुधार गरी आधुनिकीकरण गर्नका लागि बुच कमिशनको गठन कहिले भएको थियो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २००९
  5. नेपालमा सरकारी कामकाजमा निर्णय गर्दा टिप्पणी उठाउनुपर्ने परिपाटिको सुरुवात कहिलेदेखि भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २००८
  6. राजा वीरेन्द्रको शासनकालमा कुल कति जना प्रधानमन्त्री भएका थिए ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १० जना
  7. प्रशासन सुधार आयोग, २०३२ कसको अध्यक्षतामा गठित आयोग हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: तत्कालीन सामान्य प्रशासन मन्त्री भेषबहादुर थापा
  8. राजा महेन्द्रको शासनकालमा कति जना प्रधानमन्त्री भएका थिए?

    उत्तर हेर्नुहोस्
    उत्तर: ८ जना
  9. नेपालमा पञ्चायती व्यवस्थामा कति जना प्रधानमन्त्री भएका थिए?

    उत्तर हेर्नुहोस्
    उत्तर: ६ जना
  10. २००७ सालदेखि २०४६ सालसम्म नेपालमा कतिजना प्रधानमन्त्री भएका थिए ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १२ जना
  11. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ कसको अध्यक्षतामा गठित आयोग हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य
  12. उच्चस्तरीय प्रशासन सुधार समिति २०६९ कसको अध्यक्षतामा गठन भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: डा. काशीराज दाहाल
  13. प्रजातान्त्रिक वातावरण अनुकुल मुलुकको प्रशासकीय व्यवस्थामा आवश्यक सुधार गरी आम जनस्तर पर्याउनुपर्ने सेवामा प्रभावकारिता ल्याउने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित आयोग कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८

वर्तमान केन्द्रीय प्रशासनको संरचना र कार्यपद्धति

  1. सरकारको केन्द्रीय निकाय भन्नाले कुनकुन निकायलाई बुझाउछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: (क) संवैधानिक निकायहरु (ख) मन्त्रालय तथा केन्द्रीय सचिवालय (ग) विभाग एवं सो सरहका अन्य निकायहरु
  2. विशिष्ट श्रेणीको कर्मचारी विभागिय प्रमुख रहने विभाग कुन हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: महालेखा नियन्त्रक कार्यालय
  3. प्रजातान्त्रिक मुलुकमा लोकसेवा आयोगको भूमिका परामर्शकारी भए पनि यसको परामर्शलाई कुन रुपमा लिइन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: बाध्यकारी
  4. नेपालको पहिलो मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) को हुन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: चन्द्र बहादुर थापा
  5. बसोबास र बस्ती विकाससम्बन्धी कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  6. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Nepal Administrative Staff College –NASC) कुन मन्त्रालय अन्तर्गत पर्दछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सामान्य प्रशासन मन्त्रालय
  7. कुन चाँहि संवैधानिक निकायलाई विभाग भन्ने गरिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: महालेखा परीक्षक
  8. चलचित्र विकास बोर्ड कुन मन्त्रालयअन्तर्गत पर्दछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सुचना तथा सञ्चार मन्त्रालय
  9. हालको मुख्य सचिवलाई वि सं २०२३ भन्दा अघि के भनिन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: क्याबिनेट सेक्रेटरी
  10. राष्ट्रिय योजना आयोगको गठन कहिले भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०१३
  11. अतिथि सत्कार विभाग कुन मन्त्रालय अन्तर्गत पर्दछ?

    उत्तर हेर्नुहोस्
    उत्तर: परराष्ट्र मन्त्रालय
  12. नेपालमा कारागार नभएका जिल्लाहरु कति छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: तीन (भक्तपुर, बारा, धनुषा )
  13. व्यवस्थापन परीक्षणसम्बन्धी कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सामान्य प्रशासन मन्त्रालय
  14. कुनै मन्त्रालयका लागि किटानी साथ नतोकिएको नेपाल सरकारद्धारा सम्पादन गर्नुर्पने कुनै काम कुन मन्त्रालयबाट गरिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: गृह मन्त्रालय
  15. अमेरिकामा लुट प्रणालीको सुरुवात सन् १८२९ मा भएको थियो भने योग्यता प्रणालीको सुरुवात कहिले भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १८८३
  16. सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको एक मात्र विभाग कुन हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: निजामति किताबखाना
  17. “छड्के प्रवेश खुला गर्नुपर्ने” सुझाव देहायको कुन आयोगको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रशासन सुधार आयोग, २०३२ र उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८

निजामती सेवाको विकास

  1. सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: चीन
  2. नेपालमा कुन प्रशासन सुधार आयोगको सुझावअनुसार निजामति सेवा ऐन लागू भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
  3. नेपालमा निजामति सेवा दिवस कहिले मनाइन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: भाद्र २२ गते
  4. नेपालमा आधुनिक निजामती सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २००७
  5. राणाकालीन समयमा कर्मचारिहरुलाई पदअनुसार लगाउन दिइने सुन वा चाँदिको चाँद बिँडा वा तोडासहितको पगरिलाई के भनिन्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: चाँदतोडा
  6. राणाकालमा कर्मचारीहरुको प्रमुख कार्य के हुन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: शान्ति सुरक्षा कायम गरी राजस्व संकलन गर्नु
  7. लिच्छविकालमा महासचिवलाई के भनी चिनिन्थ्यो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: महासर्वप्रतिहार
  8. राणाकालीन समयमा क श्रेणीका राणाहरुले जन्मेदेखि नै कुन पद पाउँथे?

    उत्तर हेर्नुहोस्
    उत्तर: जर्नेल
  9. नेपालमा अनुगमन तथा मुल्यांकनसम्बन्धी व्यवस्थित कार्यान्वयनको सुरुवात कहिलेदेखि भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: आ. व. २०३२/३३
  10. आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (CEDA) को संथापना कहिले भएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि. सं. २०२६ सालमा
  11. राणाकालमा राजस्व हिनामिना गर्ने कर्मचारीको कति पुस्तासम्म सजायँ हुने व्यवस्था थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ७ पुस्तासम्म
  12. निजामति प्रशासनलाई प्रभावकारी बनाउन व्यवस्थापन परिक्षण (Management Audit) को व्यवस्था कहिलेदेखि गरिएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: आ. व. २०५५/५६
  13. राणाकालमा कर्मचारीहरुलाई तलबभत्ता कुन आधारमा प्रदान गरिन्थ्यो?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रधानमन्त्रीको तोकअनुसार
  14. कुन प्रधानमन्त्रीको पालादेखि कर्मचारीहरुलाई पेन्सन दिने व्यवस्था गरिएको हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: जुद्धशमशेर
  15. तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा सबै सचिवहरु सम्मिलित प्रशासन सुधारका लागि गठित आयोग कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
  16. राणाकालीन समयमा गैर सैनिक अर्थात निजामती प्रकृतिका काम गर्ने कर्मचारीहरुले कसको मातहतमा रहि कार्य गर्थे?

    उत्तर हेर्नुहोस्
    उत्तर: सैनिक अधिकृत
  17. “दरखास्त परिषद” को व्यवस्था नेपालको कुन कानुनले गरेको थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल सरकार वैधानिक कानुन, २००४
  18. हाल निजामति सेवा ऐनमा कति प्रकारका निजामती सेवाको व्यवस्था गरिएको छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: १०
  19. दरबन्दी सिर्जना गर्दा कसको अनुमति नलिइ सिर्जना गर्न पाइदैन ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय
  20. निजामती सेवा ऐनअनुसार ‘पिछाडिएको क्षेत्र’ अन्तर्गत पर्ने जिल्लाहरु कुन कुन हुन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला
  21. हालको निजामती सेवा ऐनमा कति परिच्छेद र दफा छन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: १० परिच्छेद र ७६ दफा
  22. मुख्य सचिव र सचिवको पदावधि कति हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: मुख्य सचिव: ३ वर्ष र सचिव ५ वर्ष
  23. निजामती कर्मचारीको ट्रेड युनियनहरुको दर्ता कहाँ गरिने व्यवस्था छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: श्रम तथा रोजगार प्रवर्द्धन विभाग
  24. कूनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई कति अवधिभन्दा बढी राख्न पाइँदैन?

    उत्तर हेर्नुहोस्
    उत्तर: दुई महिना
  25. व्यवस्थापन परीक्षणको कार्य कुन निकायद्बारा सम्पादन गरिन्छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सामान्य प्रशासन मन्त्रालय
  26. कुनै पद सिर्जना वा रिक्त भएको मितिले कति अवधिसम्म स्थायी पदपूर्ति नभएमा उक्त पद स्वत: खारेज हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: एक वर्ष

बिषयहरु

नेपालको भूगोल (Nepal Geography GK)

आर्थिक विकास ( Economic development )

विश्वको इतिहास ( World History GK )

विश्वको भूगोल (World Geography)

नेपालको इतिहास (Nepal History GK)

विज्ञान र प्रविधि ( GK Science and Technology)

शासन पद्धति र शासन

अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ / संस्था

सम्पर्क ठेगाना

  •   info@easyloksewa.com
  •   +977-9812901337
  •    Butwal, Nepal

उपयोगी लिंकहरु

  • सामान्य ज्ञान
  • समसामयिक
  • पाठ्यक्रम
  • गोरखापत्र
  • अंग्रेजी
  • अनलाइन परीक्षा

© Copyright 2022. All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?